पूर्वन्यायाधीश फोरम नेपालले प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोग लगाउनुपर्ने बताएको छ ।
सोमबार फोरमका अध्यक्ष टोपबहादुर सिंहले विज्ञप्ति जारी गर्दै न्यायालयलाई जोगाउनका लागि प्रधान न्यायाधीश जबरामाथि महाअभियोग लगाउनुपर्ने माग राखेका छन् ।
सम्पूर्ण न्यायपालिका नै आफैँ हुँ भन्ने अहम देखिएकाले यसले निकास दिन नसक्ने भन्दै सिंहले प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद्मा आफ्नो भाग खोज्नेदेखि न्यायाधीशहरूको आचारसंहिता उल्लंघन गर्नेसम्मका घटनामा मुछिएकाले उनीविरुद्ध महाअभियोग लगाउने पर्याप्त आधार रहेको बताएका छन् ।
फोरमले प्रधानन्यायाधीश राणा न्यायपालिकाको नेतृत्व गर्न आयोग्य प्रमाणित भइसकेको १५ कारण र आधारसहित राणाको बहिर्गमनको माग राखि यसअघि कात्तिक ५ गते विज्ञप्ति जारी गरेको थियो ।

