अफगानिस्तानबाट उद्धार गरिएका १२७ जना नेपालीलाई काठमाडौं ल्याइएको छ ।
जजिरा एअरलाइन्सबाट मंगलबार बिहान उद्धार गरिएका नेपाली काठमाडौं आइपुगेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।
उनीहरुलाई अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सको विमानले उद्धार गरेर कुबेत लगेको र त्यहाँबाट काठमाडौं ल्याइएको हो ।
गृहमन्त्री बालकृष्ण खाँणको पहलमा उनीहरुलाई काठमाडौं ल्याउन सफल भएको मन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसीले बताए ।
उद्धार गरिएका नेपालीलाई आइसोलेशनमा राखेर स्वास्थ्य परीक्षण गरिने र त्यसपछिमा घर पठाइनेछ ।