अफगानिस्तानको विद्रोही समूह तालिबानले सत्ता कब्जा गरेका दोस्रो दिन एउटा भिडियो सन्देश जारी गरेको छ।
सोमबार जारी गरिएको उक्त भिडियोमा तालिबानले अब आफू आमनागरिकको जीवन उकास्न लागिपर्ने उद्घोष गरेको छ। भिडियोमा तालिबानका उपनेताले अफगानीहरुले केही गर्ने र आफ्नो जीवन उकास्न लागिपर्ने समय आएको बताएका छन्।
तालिबानका अर्का नेता बरादर अखुन्दले भिडियोमा भनेका छन्, ‘अब हामी देशमा शान्ति कायम गर्न र मानिसरुको जीवन सुधार्न हरसम्भव प्रयास गर्नेछौँ।’ अखुन्दले अगाडि भने, ‘हामी यहाँ जसरी आइपुग्यौँ, त्यो कल्पना गर्न पनि गाह्रो छ। र, जुन उपलब्धि हामीले प्राप्त गरेका छौँ, त्यो पनि कल्पना गरिएको थिएन।’
तालिबानका एक अधिकारीले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्ससँग देशमा शान्तिपूर्ण स्थिति रहेको दाबी गरेका छन्। उनले भने, ‘अहिले देशको कुनै पनि भागमा अशान्ति छैन, सबैतिर शान्तिपूर्ण स्थिति नै छ।’
एजेन्सीहरु सहयोगमा