पतिः ( धजष्कपथ विस्कीको एक पेग पत्नीलाई दिंदै) ‘ल पिउ एक पेग !’
पत्नी: ( एक घुट्की पिएपछि मुख बिगार्दै ) ‘छि, कस्तो गन्हाएको !’
पति: ‘अनि त, खुब मिठो चिज खाएर मस्ती गर्दैछ भन्ने ठान्थौ होला, बिष खादैछु क्या, बिष !’
— — —
जिवनः ‘वकिल सा’ब, मलाई श्रीमतीसँग डिभोर्स गर्नुपर्यो । ६ महिनादेखि बोलेकी छैनन् ।’
वकिलः ‘एक पटक ठण्डा दिमागले सोच, यसरी चुपचाप बस्ने श्रीमती बारबार पाइँदैन !’
— — —
रोहनः ‘बाबा ! विवाह हुँदा दिदी किन रुनु भएको ?’
बाबुः ‘छोड्दे रोहन, दिदी त केवल गेटसम्म मात्र रुन्छे तर भिनाजु आफ्नै चितासम्म रुन्छन् !’