काठमाडौं — म्याद सकिएका सामानमा नयाँ मिति राखेर बिक्री गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्साको विरगंज–१३ घर भई हाल काठमाडौं–१३ छाउनीमा बस्ने अविनास अग्रवाल र भारत राजस्थान सिकर जिल्ला घर भई हाल काठमाडौं–१५ सानो भर्याङ बस्ने महावीर गुज्जर रहेका छन् ।
अपराध महाशाखा र वाणिज्य विभागको संयुक्त टोलीले उनीहरूको साथबाट दुई करोडभन्दा बढीको मिति गुज्रेका सामानहरु बरामद गरेको छ ।
टोलीले सानो भर्याङस्थित समिट कमर्सियल प्रा.लि.ले भाडामा लिएको घरबाटे अम्दाजी एक करोड बराबरको र र काठमाडौं–२२ भोटेबहालमा रहेको गोदामबाट एक करोड बराबरको म्याद गुज्रेका कस्मेटिकलगायतका सामानहरु बरामद गरेको हो ।
पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहिको लागी वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागमा पठाइएको छ ।
म्याद गुज्रेका सामानमा बिग मार्ट, भाटभटेनी र सेल्स बेरीलगायत डिपार्टमेन्ट स्टोरका लेबलहरु पनि बरामद गरिएको छ ।