नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे च्यासलस्थिता तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ ।
शनिबार बोलाइएको बैठकमा नेता सुवास नेम्बाङले एमाले कार्यदलमा एकताका लागि भइरहेको पहलबारे ब्रिफिङ गरेपछि विषयमा प्रवेश नगरी स्थगित भएको थियो ।
बैठकमा केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण÷वितरण सम्बन्धमा छलफल गर्ने तयारी छ ।
अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालपक्षीय नेताहरुले बहिष्कार गर्दै आएका छन् ।