पछिल्लो २४ घण्टामा थप ३१०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१३ हजार ५१९ जनामा परिक्षण गर्दा ३१०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या ६ लाख ९५ हजार ३८९ पुगेको छ । जसमध्ये ३१ हजार ३५५ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ८५७ पुगेको छ ।
शनिबार १ हजार ९१६ संक्रमित निको भएका छन् । निको हुनेदर ९४.१ प्रतिशत छ ।
शनिबार काठमाडौंमा ५१७, ललितपुरमा १६४ र भक्तपुरमा ९४ संक्रमित थपिएका छन् ।