एजेन्सी– हाल लगातार डाटा लीकका खबरहरु सार्वजनिक हुँदै आएका छन्। सामाजिक सञ्जालको प्रयोग बढेसँगै नयाँ तरिकाबाट साइबर अपराध हुने गरेको र त्यसका गम्भीर परिणाम पनि सार्वजनिक हुँदै आएका छन्।
यस्तोमा गूगलकाे पासवर्ड म्यानेजर नामक एक खास फिचर धेरैलाइ थाहा नहुन सक्छ। जुन तपाईँको अकाउन्टलाई ह्याक हुनबाट जोगाउने काममा ठुलो सहयोगी साबित हुन सक्दछ। यसको माध्यमबाट प्रयोगकर्ताले आफ्नो फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सामाजिक सञ्जालकाे एकाउन्टसहित इन्टरनेटको बैकिंग पासवर्ड वा अन्य कुनैपनि पासवर्डलाई मजबुद र सेक्योर गर्न सकिन्छ। यसको लागी प्रयोगकर्ताहरुले केहि उपाय अपनाउनु पर्ने हुन्छ।
सबै भन्दा पहिला पासवर्डस डट गूगल डटकम (passwords.google.com) मा जानु पर्ने हुन्छ। जहाँ गूगल पासवर्ड म्यानेजरको एक पेज खुल्ने छ। पासवर्ड म्यानेजरको पेज ओपन भएसँगै प्रयोगकर्तालाई चेक पासवर्ड भन्ने अप्शन दिइएकाे छ।
यसमा क्लिक गरेपछि पेजले जिमेल अकाउन्टको पासवर्ड माग्दछ। पासवर्ड हालि सकेपछि गूगलले प्रयोगकर्ताको पासवर्ड कतै प्रयोग भए-नभएको बताउँछ। त्यस्तै यसले प्रयोगकर्ताको पासवर्ड लिक भए नभएको समेत बताउँछ। यदि गूगलले पासवर्ड लीक भएको जानकारी दिएमा प्रयोगकर्ताले तत्काल आफ्नो पासवर्डलाई परिर्वतन गर्नु पर्दछ। यस बाहेक प्रयोगकर्ताले टु फ्याक्टर अथेन्टिकेशन (Two-factor aithentication) लाई पनि अन गर्नु पर्दछ।
अन्तमा, डिजिटल जीवनको मुख्य समस्या भनेको नै पासवर्ड ब्यवस्थापन नहुनु हो। लामो वा अप्ठ्यारो पासवर्ड राखे सम्झन गाह्राे हुने र सजिलो पासवर्ड राखे एकाउन्ट ह्याक हुने सम्भावना उच्च हुन्छ। पासवर्ड सजिलाे हुनु नै एकाउन्ट ह्याक हुनुको सबैभन्दा प्रमुख कारण बन्दै अाएकाे छ। त्यसैले पासवर्ड परिवर्तन गर्दा आफ्नो नाम वा जन्म मिती राख्नु हुँदैन्।
यस बाहेक पासवर्डको रुपमा आफ्नो मोबाइल नम्बरको प्रयोग गर्ने बानीलाई पनि प्रयोगकर्ताहरुले हटाउनु पर्दछ। त्यस्तै बेलाबेलामा गूगलकाे पासवर्ड म्यानेजरकाे सहयतामा आफ्नो जीमेल तथा सामाजिक सञ्जालकाे पासवर्ड बदल्ने र सकेसम्म लामो वा अरुले अनुमान गर्न नसक्ने पासवर्ड राख्नाले तपाईँको एकाउन्टलाई ह्याकरहरुबाट सुरक्षित राख्न ठुलो सहयोग पुग्दछ।