काठमाडौं — मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०७७’ का लागि ९ पुस्तकहरु छनोट गरेको छ ।
गुठीलाई प्राप्त २२२ पुस्तकहरूमध्ये ९ वटा पुस्तकलाई श्रेष्ठ सूचीमा समेटिएको हो । यीमध्ये एक पुस्तकलाई मदन पुरस्कार दिइनेछ ।
श्रेष्ठ सूचीमा परेका ९ पुस्तकः
– एकलव्यको देब्रे हात
– करिया
– कल्प–ग्रन्थ
– नृत्याक्षर विज्ञान
– फिलिङ्गो
– फुलाङ्गे
– मोक्षभूमि
– रमिते
– लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९–२०२०)