काठमाडौं – प्रहरीले काठमाडौंको ठमेलस्थित ज्याठामा अवैध रुपमा मदिरा बनाउने कारखानामा छापा मारेको छ ।
महानगरीय अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी चन्द्र कुबेर खापुङले छापा मार्ने क्रममा एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको जानकारी दिए ।
उनका अनुसार शुक्रबार काठमाडौं महानगरपालिका–२६ स्थित ज्याठामा अवैध रुपमा घरेलु मदिरा बनाइरहेको भन्ने सूचना पाएपछि महाशाखाको टोलीले छापा मारेको हो । सिंगो घर भाडामा लिएर तल्लो तल्लामा होटल र माथिल्लो तल्लामा मेसिन नै राखेर मदिरा बनाउने गरेको पाइएको उनले बताए ।
घरेलु मदिरा कुनै अनुमति नलिइ ठूलो परिणाममा बनाइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरीले निगरानी गरिरहेको थियो । छापा मार्ने क्रममा एक डेढ सय ड्रम मदिरा पनि बरामद गरिएको छ ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।