काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुषाल र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।
मन्त्री भुषाल र राजदूत यान्छीबीच शुक्रबार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा भेटवार्ता भएको हो ।
भेटवार्तामा दुई देशको आपसी सम्बन्ध र विविध चासोका विषयमा छलफल भएको छ ।
वर्षौदेखि जनस्तर र सरकारबीच रहीआएको गहिरो सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुँदै जाने विश्वास मन्त्री भुषालले गरेकी छन् ।