मोटोरोलाले आफ्नो एज २० अन्तर्गत तीन ओटा स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले एज २० लाइट, एज २० र एज १० प्रो गरी नयाँ फ्ल्यागशिप फोन बजारमा ल्याएको हो ।
फाइभजी सपोर्ट रहेका यी तीनै मोबाइल फोनमा १०८ मेगापिक्सलको मेन क्यामेरा र ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।
यसैगरी ओएलईडी स्क्रिनसहित हाई रिफ्रेश रेट र ३० वाटको चार्जर समेत उपलब्ध गराइएको छ ।