नेकपा एमालेको माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंगलबार बसेको स्थायी कमिटी बैठकमा यो जानकारी दिएका हुन् । आज बिहान नेपाल र प्रचण्डबीच भेटवार्ता भएको थियो ।
नेपाल समूहलाई दिइने मन्त्रालय तथा अन्य निकायका विषयमा पनि टुंगो लागिसकेको छ ।
माओवादीका एक स्थायी कमिटीका सदस्यका अनुसार नेपाल समूहलाई कम्तिमा ६ मन्त्रालय, एक वा दुई प्रदेश प्रमुख र राष्ट्रिय योजना आयोगलगायका निकायमा पनि भाग दिइनेछ ।
नेपाल समूहले चारवटासम्म राजदूत पनि पाउने भएको छ ।