काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रिपरिष्दको बैठक बसिरहेको छ ।
बैठकले गण्डकी, लुम्बिनी र प्रदेश नम्बर–२ का प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गर्ने बताइएको छ ।
गण्डकीका प्रदेश प्रमुख सीता पौडेल, लुम्बिनीका धर्मनाथ प्रसाद यादव र प्रदेश–२ का राजेश झा अहिराजलाई हटाउने तयारी गरिएको छ । त्यसमध्ये पौडेल र अहिराजको ठाउँमा अमिक शेरचन र तिलक परियारलाई नियुक्त गर्ने माओवादी केन्द्रले निर्णण् गरिसकेको छ ।
लुम्बिनी प्रदेशको प्रदेश प्रमुख कसलाई बनाउने भन्ने अझै सार्वजनिक भइसकेको छैन ।