काठमाडौं – नेकपा (माओवादी केन्द्र) ले अमिक शेरचन र तिलक परियारलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको छ ।
मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले शेरचनलाई गण्डकी प्रदेश र परियारलाई प्रदेश २ को प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो ।
अहिले बसिरहेको मन्त्रिपरिषद् बैठकले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्दै नयाँ नियुक्त गर्ने सम्भावना छ ।
निवर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले शेरचन र परियारलाई प्रदेश प्रमुखबाट हटाएको थियो ।