पछिल्लो २४ घण्टामा थप ३८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ हजार ५१८ परिक्षण गर्दा थप ३८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै कुल संक्रमितको संख्या ६ लाख ८५ हजार ६६३ पुगेको छ । जसमध्ये २८ हजार ८३६ सक्रिय संक्रमित छन् ।
मंगलबार १७७८ जना निको हुँदा २० जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ७५८ पुगेको छ ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढिरहेको छ । गत हप्तासम्म दैनिक १५ सयको हाराहारिमा संक्रमित देखिने गरेकोमा हाल त्यो संख्या दोब्बरले बढेको छ ।
कोरोना संक्रमण फेरि बढ्न थालेसँगै मन्त्रालयले अक्सिजन सिलिण्डरको व्यवस्था गर्न अस्पताललाई निर्देशन दिइसकेको छ ।