बागलुङ, ६ फागुन – नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले विकास र समृद्धि नयाँ शक्ति पार्टीको प्रमुख एजेण्डा भएको बताए।
नयाँ शक्ति नेपालले शुरु गरेको ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा’ अभियानअन्तर्गत बागलुङको गलकोट पुगेका डा.भट्टराइले स्रोत र साधनले भरिएको मुलुकमा नयाँ योजनाका साथ अगाडि बढेमा समृद्धि टाढा नभएको बताए।
उनले अबको पाँच वर्षमा गरीबी अन्त्य गर्ने, १५ वर्षमा मध्यमस्तरमा पुग्ने र २५ वर्षमा विश्वकै धनी देशका रुपमा नेपालाई चिनाउने नयाँ शक्ति पार्टीको लक्ष्य रहेको जानकारी दिए।
मध्यपहाडी पुष्पलाल लोकमार्गले पहाडको समृद्धिको ढोका खोलेको उनको भनाइ थियो । डा.भट्टराईले सरकारले भ्रष्टाचार निर्मूल पार्नुको साटो भ्रष्टचारीलाई प्रश्रय दिने खालको गतिविधि गरेको आरोप ए।
आगामी फागुन १५ गते बैतडीको झुलाघाट पुगेर सम्पन्न हुने सो यात्राका क्रममा सबै ठाउँमा भइरहेको कामको निरीक्षण गरिने डा.भट्टराईले बताए।