नेकपा एमालेका केहि सांसदहरुले फ्लोर क्रस गरेर प्रधानमन्त्री एवम् काँग्रेस सभापती शेरबहादुर देउवालाई मत दिएको अपुष्ट जानकारी प्राप्त भएको छ।
फ्लोर क्रस गर्नेमा ८ जना अध्यक्ष केपी शर्मा ओली पक्षका सांसदहरु समेत रहेको बताइएको छ।
यसअघि ओली सरकारमावनमन्त्री रहेका प्रेम आले, हिरा केसी, पार्वती विसुंखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेन, किसान श्रेष्ठलगायतका ८ जना ओली पक्षधर सांसदले फ्लोर क्रस गरेको बताइएको छ।