प्रधानमन्त्री शेरबहादुर देउवाले संसद विघटन गर्न निवर्तमान प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बाध्य पारेको बताएका छन् ।
विश्वासको मत लिने क्रममा बोल्दै देउवाले भने, ‘दुई बजे संसद विघटन गर्ने ? राष्ट्रपति विचरा सुत्न पाउनुभएन । उहाँले बाध्य पारिदिनुभयो ।’
देउवाले विश्वासको मत दिने प्रतिबद्धता जनाउने दलप्रति धन्यवाद दिए ।
देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीको संसदमा अनुपस्थित भएको भन्दै गुनासो गरे ।
प्रधानमन्त्री देउवाले ओली सदनमा नबोलेको प्रति पनि गुनासो गरे । ‘उहाँ राम्रो बोल्नुहुन्थ्यो । तर आज बोल्नुभएन । माननीयज्यू (प्रदीप ज्ञवाली)ले बोल्नुभयो,’ देउवाले भने ।