प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकबाट विश्वासको मत प्राप्त हुने निश्चित भएको छ ।
प्रधानमन्त्री देउवाले विश्वासको मतमा आफूलाई सहयोग गर्न संसद बैठकमा आइतबार प्रस्ताव प्रस्तुत गरेपछि दलीय प्रतिवद्धताले उनलाई विश्वासको मत आउने निश्चित भएको हो ।
प्रधानमन्त्री देउवालाई आफ्नै दल काँग्रेस, माओवादी केन्द्र, जसपा, एमाले माधवकुमार नेपाल समुह तथा जनमोर्चाले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
संसद बैठकमा बोल्दै सो दलका नेताहरुले विश्वासको मत दिने प्रतिवद्धता जनाए । विश्वासको मत लिने प्रक्रिया जारी छ ।