भारतको मुम्बईमा शनिबारदेखि परिरहेको अविरल वर्षा र त्यसपछि आएको बाढीका कारण १५ जनाको ज्यान गएको छ।
बिएमसीका एक अधिकारीका अनुसार मुम्बईको वाशी क्षेत्रमा मध्यरातमा एउटा घरको पर्खाल भत्कँदा च्यापिएर १२ जनाको मृत्यु भएको हो। भत्किएको पर्खालले च्यापिएर केही घाइते भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।
मम्बईमा केही घण्टामा २ हजार एमएमभन्दा बढी वर्षा भएको छ । वर्षाकै कारण केही रेल सेवा बन्द गरिएका छन् ।
विभिन्न भारतीय सञ्चारमाध्ययका अनुसार यो बाढी १६ वर्षयताकै ठूलो बाढी हो । यो बाढीले मुम्बाईबासीलाई जुलाई २६ सन् २००५ को बाढीको सम्झना गराईदिएको छ । त्योबेला २४ घण्टामा ९४४ एमएम वर्षा भएको रेकर्ड थियो ।
बाढीपश्चात भारतीय मौसम विभागले मुम्बईमा रेड अलर्ट जारी गरेको छ ।