नेकपा एमाले स्थायी कमिटी र नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने भएको छ ।
एमाले स्थायी कमिटी बैठक आइतबार बिहान ११ बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्ने छ भने कांग्रेस संसदीय दलको बैठक संसद भवन नयाँ बानेश्वरमा संसद बैठक बस्नुअघि बस्नेछ ।
एमाले स्थायी कमिटी बैठकमा पार्टी विवाद र संसदमा पार्टीले खेल्नुपर्ने विषयमा छलफल हुनेछ । कांग्रेस बैठकमा संसद बैठकबारे छलफल हुनेछ ।
सर्वाेच्च अदातलको आदेशअनुसार ३ साउनमा प्रतिनिधिसभा बैठक बस्दैछ ।