नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीमा कुनै ठाँउ नभएको बताएका छन् ।
सरकारी निवास छाडेर आफ्नो निवास बालकोटमा कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् । उनले भने, ‘ माधव नेपालजस्ता लाजसरम हराएका मान्छेहरुका लागि एमालेमा आत्मालोचना समेत गर्ने कुनै ठाँउ छैन ।’
उनले पार्टीका नेताहरूलाई गल्ती स्वीकार गरेर आएमा काम गर्न दिइने बताए । तर माधव नेपालका हकमा गल्ती कमीकमजोरी स्वीकार्य कुनै ठाउँ नरहेको ओलीको भनाइ थियो ।
निवर्तमान प्रधानमन्त्री समेत रहेको ओलीले सर्वोच्च अदालतले प्रधानमन्त्री छानेर जात्रा देखाएको र जनताको अधिकार खोसेको आरोप लगाए ।