काठमाडौँ । मार्क्सवाद मरिसक्यो, अब यसलाई ब्युँताएर केही हुँदैन, नयाँ बाटो खोज्नुपर्छ—सुन्दा निकै दमदार लाग्छ।
तर एकछिन सोचौँ, मार्क्सवाद मरेको हो भने मार्क्सले उठाएका प्रश्नहरू पनि मरेका छन्? गरिबी मरेको छ? असमानता मरेको छ? श्रमको शोषण मरेको छ? धनी र गरिबबीचको दूरी मरेको छ? पुँजी केही सीमित मानिसको हातमा केन्द्रित हुने क्रम रोकिएको छ? यदि यी प्रश्न अझै जीवित छन् भने मार्क्सवादको मृत्युको प्रमाण के हो?
यहीँबाट असली बहस सुरु हुन्छ। सबैभन्दा पहिले एउटा कुरा स्पष्ट पारौँ—कम्युनिस्ट असफल हुनु र मार्क्सवाद असफल हुनु एउटै कुरा होइन।