काठमाडौं । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया नाबालिकाको हत्या भएको छ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।शम्भुनाथ नगरपालिका–३ निवासी मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन आइतबार बिहान घरबाट हराएकी थिइन्। घरबाट हराएको करिब दुई घण्टापछि उनको शव घरको पछाडिपट्टि रहेको झाडीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।नाबालिका हराएको सूचना प्राप्त भएपछि प्रहरीले तत्काल खोजी थालेको थियो। खोजीका क्रममा घरपछाडिको झाडीमा उनी मृत अवस्थामा फेला परेकी सप्तरीका प्रहरी प्रमुख एसपी रूपक खड्काले जानकारी दिए।प्रहरीको प्रारम्भिक अनुसन्धानमा व्यक्तिगत रिसइबीका कारण नाबालिकाको हत्या भएको हुनसक्ने देखिएको एसपी खड्काले बताए।घटनामा संलग्न रहेको आशंकामा एकजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिको पहिचान तथा घटनासँग सम्बन्धित थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।घटनाबारे प्रहरीले थप अनुसन्धान तथा प्रमाण संकलनको काम अघि बढाएको छ।