ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका नेपाली काग्रेसका नेता एव पूर्वमन्त्री विजयकुमार गच्छदार अदालतमा हाजिर भएका छन् ।
‘फरार रहेको भनिएका’ गच्छेदार आज अदालतमा हाजिर भएपछि प्रारम्भिक बयान हुनेछ र त्यसपछि थुनछेक बहस हुने बताइएको छ ।
यसअघि अदालतले बालाउँदा उपस्थित नभएपछि उनलाई फरार अभियुक्तको सूचिमा राखिएको थियो । प्रहरीले उहाँको ठेगाना पत्ता नलागेको जनाएको थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको भोलिपल्टै गच्छदारले अदालतमा आत्मसमर्पण गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।