नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई यहाँस्थित संयुक्त राज्य अमेरिकाका राजदूत र्याण्डी बेरीले बधाई दिएका छ् ।
राजदूत बेरीले मङ्गलबार ट्वीटमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।
राजदूत बेरीले अमेरिकी मिसन नेपाल सरकारका सबै तहमा करिब ७५ वर्षको मित्रता अगाडि बढाउन उनीसँग मिलेर काम गर्ने आशा गरेका छन् ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवाले मङ्गलबार प्रधानमन्त्रीको शपथ लिएका थिए ।