निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको कालान्तरसम्म असर पर्ने बताएका छन् ।
मंगलबार सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै ओलीले भने, ‘यो फैसला कालान्तरसम्म असर पर्नेछ । कतिपयले ऐतिहासिक भनेका छन् तर कस्तो ऐतिहासिक हो समयले बताउँला ।’
उनले बाँकी अवधि संसद् चलोस् भन्ने कामना गर्दै शंक व्यक्त गरे ।‘ बाँकी अवधि संसद् चलोस् । तर संसद् र नयाँ सरकार सही रुपमा अगाडि जानेमा शंका छ ।’
ओलीले सर्वोच्च अदालतको फैसलाप्रति तीव्र असन्तुष्टि जनाए । सर्वोच्चको फैसलाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको सन्तुलन भंग भएको भएको उनको दाबी छ ।
सर्वोच्च अदालतको सोमबारको फैसलाले प्रतिनिधिसभा पुनःस्थापना गरी मंगलबार अपराह्नसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
त्यसअनुसार राष्ट्रपति विद्यागदेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकेकी छन् भने साँझ ६ बजे शपथ ग्रहणको कार्यक्रम छ ।