प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरिरहेका छन् । उनले सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गरिरहेका छन् ।
ओली देशवासीका नाममा सम्बोधन गरेपछि प्रधानमन्त्री निवास बालुवाटार छोडेर आफ्नो घर भक्तपुरको बालकोट जानेछन् ।
सर्वोच्च अदालतको सोमबारको फैसलाले प्रतिनिधिसभा पुनःस्थापना गरी मंगलबार अपराह्नसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
त्यसअनुसार राष्ट्रपति विद्यागदेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकेकी छन् भने साँझ ६ बजे शपथ ग्रहणको कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीको विशेष सम्बोधन हेर्न र सुन्न यहाँ क्लिक गर्नुहोस् ।