नेकपा एमालेको स्थायी कमिठी बैठक स्थगित भएको छ ।
मंगलबार दिउँसो दिउँसो १ बजे बालुवाटारमा बस्ने भनिएको बैठक स्थगित भएको हो । प्रधानमन्त्री समेत रहेको ओलीका दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएपछि बैठक स्थगित भएको हो ।
सोमबारका लागि बोलाइएको स्थायी कमिटी बैठक पनि स्थगित भएको थियो । अर्को बैठकको मिति तोकिएको छैन ।
आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि सहभागी हुने बताइएको थियो ।
बैठकले विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुमोदन र केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने कार्यतालिका थियो ।