प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार देसवासीका नाममा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्रीको सचिवालयकाअनुसार प्रधानमन्त्री ओलीले आज दिउँसो दुई बजे देशवासीका नाममा सम्बोधन गर्ने छन्।
ओली देशवासीका नाममा सम्बोधन गरेपछि प्रधानमन्त्री निवास बालुवाटार छोडेर आफ्नो घर भक्तपुरको बालकोट जानेछन् ।
सर्वोच्च अदालतको सोमबारको फैसलाले प्रतिनिधिसभा पुनःस्थापना गरी मंगलबार अपराह्नसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । त्यसअनुसार साँझ ५ बजे देउवाले शपथ खाँदैछन् ।