नेकपा एमालेको स्थायी कमिठी बैठक बस्दैछ ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बैठक दिउँसो १ बजे बालुवाटारमा बस्ने जानकारी दिए ।
आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि सहभागी हुनेछ ।
उनका अनुसार बैठकले विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुमोदन गर्ने तयारी छ । साथै, आजको बैठकले केन्द्रीय कमिटी बैठकको मिति तय गर्नेछ ।