नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्चको फैसलाले स्वतन्त्र न्यायपालिका र संविधान बचाएको बताएका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि उनले पहिलो प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन् ।
आज बुढानिलकण्ठस्थित निवासमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै देउवाले प्रतिनिधि सभा पुनर्स्थापना भएर विधिको शासन बचेको बताए ।
उनले भने, ‘नयाँ सरकार गठनबारे ५ दलमा छलफलपछि निर्णय गछौं । गठबन्धनको बैठक आज अपरान्ह ५ बजे सिंहदरबारमा बस्दैछ ।’