नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्चको फैसला ऐतिहासिक भएको टिप्पणी गरेका छन् ।
नेपाली पब्लिकसँग कुरा गर्दै उनले राष्ट्रपति र प्रधानमन्त्रीको आवेशपूर्ण निर्णय अदालतले सच्याएको बताए ।
उनले भने, ‘संविधानलाई लिकबाट बाहिर धकेलिँदै थियो । यो निर्णयले संविधानलाई ट्रयाकमा ल्याएको छ ।’