नेपाली कांग्रेसले सर्वोच्चको फैसलाको स्वागत गरेका गरेको छ । उपसभापति विमलेन्द्र निधिले कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको परमादेश र प्रतिनिधिसभाको पुनस्थापना सम्बन्धि आदेशको स्वागत गरेका हुन् ।
सर्वोच्च अदालतले संविधान र संसदीय लोकतंत्रको पक्षमा ऐतिहासिक एवं दुरदर्शी फैसला दिएको समेत निधिले बताएका छन् ।
यस फैसलाबाट जनतामा सर्वोच्च अदालत प्रतिको विश्वास र सम्मानमा वृद्धि भएको उनको भनाइ छ ।