काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक बस्दैछ । अध्यक्ष केपी शर्मा ओली बैठक सोमबार साँझ ५ बजेका लागि बोलाएका छन् ।
बैठकले विवाद समाधानका लागि गठित एमाले कार्यदलले आइतबार राति गरेको १० बुँदे सहमति अनुमोदन गर्ने तयारी छ ।
तर, बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष सहभागी हुने निश्चित भएको छ । आइतबार रातिको सहमतिलाई लिएर नेपाल समूहका विभिन्न नेताहरूले असहमति जनाइरहेको छन् ।
बैठकमा जानेबारे नेपाल पक्षीय नेतृ रामकुमारी झाँक्री भन्छिन्, ‘स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी यो संझौता कार्यान्वयन योग्य हुँदैन । बैठक जाने कुरा हुन्न ।’
वरिष्ठ नेता नेपालले पनि सहमतिबारे सर्वोच्चमा विचाराधिन अवस्थामा रहेको संसद विघटनसम्बन्धि मुद्दालाई प्रभावित पार्न खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् ।