बाँके – संरक्षित रेडपाण्डाको छाला र भालुको पित्तसहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दाङको घोराही उप–महानगरपालिका वडा नं.४ का ४९ वर्षीय भक्त बहादुर पुन, ४१ वर्षीय केशव पुन र शान्तीनगर गाउँपालिका वडा १ वस्ने २९ वर्षीय रोबिन बुढा रहेका छन् ।
उनीहरुलाई नेपालगंज उप–महानगरपालिका वडा नं. १ पुष्पलाल चोकस्थित रहेको राप्ती गेष्ट हाउसबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
पक्राउ परेकाहरुको साथबाट संरक्षित रेडपाण्डा (हाब्रे) को छाला थान १, ४ वटा भालुको पित्त बरामद गरिएको छ ।