काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची बाढी पीडित प्रतिपरिवार ५० हजार राहत दिने घोषणा गरेका छन् ।
हेलम्बु गाउँपालिकास्थित गणेश बजारमा आयोजित कार्यक्रममा बाढीबाट क्षति पुगेका ३६६ घरपरिवारलाई सरकारले प्रतिपरिवार ५० हजार दिने बताएका हुन् ।
असार १ गते मेलम्ची खोलमा आएको बाढीको निरीक्षणका क्रममा उनी अहिले बाढीग्रस्त क्षेत्रमा छन् ।