सुजिता भण्डारीको मृत्युको बिषयलाई लिएर अनुसन्धान गरिरहेको चितवन प्रहरीले भइरहेको सडक आन्दोलनले अनुसन्धानमा असर परेको जनाएको छ ।
प्रहरीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले स्थानीयको आन्दोलनले अनशन्धानमा समस्या श्रृजना भएको गुनासो गरे ।
पत्रकार सम्मेलनमा सुजिता भण्डारीको शव फेला परेपछि अनुसन्धान शुरु भइरहेको र सडक अवरोधका कारण मृतकका परिवारसँग सहज रुपमा भेटघाट गर्न समेत हुन नपाउँदा अनुसन्धानमा बाधा पुगिरेको उनले बताए ।
भण्डारीको शव परिक्षणको लागि काठमाडौंको टिचिङ्ग अस्पताल पठाइएको र पोष्टमार्टम रिपोर्टबाट हत्या भएको नदेखिएपछि थप अनुसन्धानको लागि भिसेरा जाँच गर्न पठाइको प्रहरी उपरिक्षक अधिकारले बताए ।
भण्डारी शव फेला परेदेखि सडक आन्दोलन गरेर सडक अबरोध गर्दै आएपछि राजमार्गमा कर्फ्यू लगाइएको छ । घटनाको अनुसन्धानमा खटिनुपर्ने प्रहरी राजमार्गको कर्फ्यू व्यवस्थापनमा लाग्नु परेकोले समस्या भएको प्रहरीको भनाइ छ ।
भण्डारी मृत्युको कारण पत्ता लगाउन सबैको सहयोगको आवश्यकता रहेको र प्रहरीलाई अनुसन्धान गर्न अवरोध गर्नुको सट्टा सहयोग गर्न प्रहरीले आग्रह गरेको छ ।