नौगाड गाउँपालिका–३ मा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ७२ वर्षीया गेउली ठगुन्ना, ३ महिनाकी नातिनी मन्जरी र सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौली रहेका छन्। उनीहरु तीनै जनाको शव पहिरोबाट निकालिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोहर भट्टले जानकारी दिए ।
यस्तै, खार खोलामा आएको बाढीले सोही ठाउँमा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बगाएको छ ।