काठमाडौं । म्याद सकिएको डेविट कार्ड प्रयोग गरि ३४ लाख बढी रुपैयाँ निकाल्ने पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोलुखुम्वु घर भई काठमाडौं–५ भत्केको पुलमा वस्ने जगत वहादुर गुरुङ र पर्सा घर भई भत्केको पुल नै बस्ने ३० वर्षीया सावित्री गुरुङ रहेकी छन् ।
उनीहरूले सिदार्थ बैंकको विभिन्न स्थानमा रहको एटिम मेसिनवाट म्याद सकिएको डेविट कार्ड प्रयोग गरि ३४ लाख ३५ हजार रुपैयाँ निकालेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरिक्षक रमेश कुमार वस्नेतले जानकारी दिए ।

पक्राउ परेकाको साथबाट २१ लाख वरामद भएको छ । पैसा निकाल्न प्रयोग भएको म्याद सकिएको डेविट कार्ड पनि प्रहरीले बरामद गरेको छ ।
निकालेकोमध्ये १० लाख ५० हजार रुपैयाँ सहकारीमा राखेको अनुसन्धानबाट खुलेको छ ।