वीरगंज – जी.पी कोईराला फाउण्डेशन पर्साले पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पुर्व सभापति स्व. गिरिजा प्रसाद कोइरालाको ९८ औं जन्म जयन्तीको अवसरमा आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
‘रक्तदान जीवनदान’ भन्ने उद्देश्यले फाउण्डेशनले स्व कोइरालाको ९८ औं जन्मोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् ।
कोरोना महामारीका कारण ब्लड बैंक वीरगंज शाखामा रगत अभाव भएकोले कोइरालाको जन्मोत्सवको अवसर पारेर आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको फाउण्डेशन पर्साका सह सचिव मिन्टु देवी सिंहले बताइन् ।
गिरिजा प्रसाद कोइराला फाउण्डेशनले आयोजना गरेको रक्तदान कार्यक्रमको प्रमुख अतिथि वीरगंज महानगरपालिकाको उप प्रमुख शान्ति कार्कीले श्रीमती नजमा बेगमलाई ब्लड पाउच दिएर कार्यक्रमको उद्घाटन गरिन् ।
रक्तदान कार्यक्रमको अध्यक्षता फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले गरेका थिए ।
अतिथिमा नेपाली काग्रेंस पर्साका उपसभापति दिना प्रसाद गुप्ता, प्रकास उपाध्याय, वीरगंज महानगरपालिका वडा नं ६ का वडाध्यक्ष ध्रुव नेपाल, श्याम कुमार पोख्रेल, नरेन्द्र साह, विजय पौडेल, सन्तोष सिहं, दिलिपराज कार्की, जितेन्द्र सिंह, मेहबुब अली (शेरु) हाजी शोहेल अख्तर अंसारी, हुकुम सिंह, ंशेख नेजामुदिन, भैयाराम पटेल, पुरुषोतम दुवे, सदिप कुमार केवट, सुरेश श्रीवास्तव, मोहन पटेल, मोहम्मद सलाउदिन, समिर खान, सहजाद हवारी, साहली मंसुरी, वहाब अंसारीलगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण नेपाल प्रेस युनियन पर्साका सचिव लालकिशोर सहिले गरेका थिए ।