काठमाडौं । रूपा सुनारले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठविरूद्ध हालेको रिटको सुनुवाइ भइरहेको छ ।
उक्त रिट न्यायाधीश नहकुल सुवेदीको इजलासमा भइरहेको छ ।
आइतबार सुनारले शिक्षा मन्त्री श्रेष्ठ, सरकारी वकिल कार्यालय काठमाडौं, महानगरीय प्रहरी वृत्त सिंहदरबार र घरबेटी सरस्वती प्रधानलाई विपक्षी बनाएर रिट दिएकी थिइन् । रिटमा जातीय भेदभाव तथा छुवाछुतजस्तो मुद्दाको अपराध अनुसन्धानलाई मन्त्री श्रेष्ठले नै प्रभावित पारेको दाबी गर्दै पदबाट तत्काल हटाउन माग गरिएको छ ।
रूपालाई जातका आधारमा कोठा नदिएको आरोपमा बबरमहलकी प्रधानलाई प्रहरीले तीन दिन हिरासतमा राखेको थियो । घरबेटी प्रधान जमानतमा छुटेपछि शिक्षा मन्त्री श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेर झण्डावाला गाडीमा हालेर घरसम्म पुर्याइ दिएका थिए ।