काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथिको सुनुवाइ आज सोमबार सकिँदैछ ।
सोमबार उक्त रिटमाथि ४ घण्टा बहस हुनेछ । जसमा निवेदकतर्फबाट जवाफी बहस दुई घण्टा हुनेछ भने नेपाल बार र सर्वोच्च बारबाट झिकाइएका चारजना एमिकस क्युरीले दुई घण्टा बहस गर्ने सर्वोच्च अदालतले जनाएको छ ।
आज बहस सकिन लागेसँगै फैसला कहिले आउँला भन्ने चासो सबैमा देखिएको छ ।
यसअघि पहिलो पटक प्रतिनिधिसभा विटघनको बहस सकिएको केही दिनभित्र कानून व्यवसायीलाई बसह नोट उपलब्ध अदालतले आग्रह गरेको थियो । कानून व्यवसायीले बहस नोट उपलब्ध गराएकै दिन साँझ फागुन ११ गते अदालतले फैसला सुनाएको थियो ।
तर, यसपटक भने अदालतलाई कानून व्यवसायीले बहस नोट यसअघि नै बु्झाइसकेका छन् । त्यसैले यसपटक फैसला अझैं छिटो आउने सर्वोच्च स्रोतले जनाएको छ ।
छिटोमा मंगलबारसम्म र ढिलोमा शुक्रबारसम्म अदालतले प्रतिनिधिसभा विघटनबारे फैसला सुनाउने सम्भावना छ ।
सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले भने, ‘बहस नोटहरू पनि सबै आइसकेको छ। अब एमिकस क्युरीको बहस सकिएपछि जुन दिन पनि फैसला आउन सक्छ ।’