फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा ५० जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेहरुमा अधिकांश सैनिक भएको बताइएको छ ।
बीबीसीका अनुसार फिलिपिन्समा आइतबार उक्त सैन्य विमान सुलु प्रान्तको जोलो द्वीपमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो ।
९६ जना यात्रु सवार लकहिड सी–१३० विमान दुर्घटना हुँदा जमिनमा रहेका ३ जना सर्वसाधारणको पनि मृत्यु भएको छ ।
फिलिपिन्स सेनाका प्रवक्ताले फ्लाइट डेटा रेकर्डरबाट विमान दुर्घटनाको वास्तविक कारण पत्ता लगाउने प्रयास भइरहेको बताएका छन् ।
चरमपन्थी अबु सैय्यफमाथि कारबाहीका लागि उक्त सैन्य विमानमा सैनिक पठाइएको थियो ।