जनता समाजवादी पार्टीका नेता एवम् पुवमन्त्री मोहमद ईश्तियाक राईले महन्थ ठाकुर र राजेन्द्र महतोले पैसा बोकेर बाढेको आरोप लगाएका छन्। उनले नेपाली पब्लिकसँगको कुराकानीको क्रममा ठाकुर र महतोले सांसदहरुको खरिदविक्रि गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको बताए।
‘पैसा र सांसदहरुको विक्रिवितरण त भएकै हो,’ पुर्वमन्त्री राईले भने, ‘महन्थ ठाकुर र राजेन्द्र महतोले पहिला पनि पैसा बोकेर हिडेकै हुन, यसपाली पनि उनीहरुले त्यस्तै गरे।’ ठाकुर र महतोले पैसाको चलखेल गरेको पुष्टि समेत भइसकेको दावी गरे।
पुर्व शहरी विकाशमन्त्री राईले अब ठाकुर–महतोलगायतसँग एक भएर अघि बढ्न नसक्ने समेत बताए। ठाकुर र महतो प्रतिगमनकारीको मतियार बनेको ठहर गर्दै उनले पार्टीले कारबाही गरिसकेको व्यक्तिहरुसँग सहकार्य नहुने स्पष्ट पारे।
प्रस्तुत छ,
जसपाको उपेन्द्र–बाबुराम पक्षका नेता एवम् पुर्व शहरी बिकाशमन्त्री मोहम्मद ईश्तियाक राई र नेपाली पब्लिक डटकमका कार्यकारी सम्पादक सुरज डिजी खनालविच भएको वार्तालाप