अभिनेत्री तथा निर्माता रेखा थापाले राजनीतिक नेतृत्वप्रति आक्रोस व्यक्त गरेकी छन्। उनले मुलुकले सहि नेतृत्व पाउन नसक्दा समस्या भएको बताईन्। अभिनेत्री थापाले सबै नेताहरुलाई ‘कुहिएको आलु’को संज्ञा दिएकी छन्।
‘हाम्रो देशमा पदिय रुपले मात्र नेताहरु भए, व्यवहारिक रुपमा कोहि पनि भएन्,’ उनले भनिन्, ‘जनताको जिवनस्तर उकास्ने, आर्थिक हिसाबले देशलाई कसरी समृद्ध बनाउने, जनतालाई कसरी आत्मनिर्भर बनाउन भन्ने प्रकारको आत्मामा हरी भएको नेता चाहिन्छ।’ अभिनेत्री थापाले पदिय जिम्मेवारी समेत निर्वाह गर्ने सवालमा समेत नेतृत्व असफल भएको दावी गरिन्।
नायिका थापाले बैकल्पिक युवा नेतृत्वको खाँचो रहेको बताईन्। अहिलेका युवा नेताहरु समेतबाट कुनै अपेक्षा राख्न नसकिने बताउदैँ उनले प्रश्न गरिन्, ‘यो देशमा जनतालाई अब विकल्प दिनुपर्छ की पर्दैन?’ अभिनेत्री थापाले मुलुकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको आवश्यकता रहेको बताईन। उनले यसका लागि जनता आफैँ जागरुक हुनुपर्नेमा जोड दिईन्।
जनताहरु विभिन्न पार्टीमा विभाजित भएको बताउँदै अभिनेत्री थापाले थपिन्, ‘अन्धभक्त भएर कहिलेसम्म देश बिगारीरहने?’