प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपाललाई समाहित गरेर नयाँ मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्री सहित १२ मन्त्री र २ जना राज्यमन्त्री छन्। जसमध्ये जसपाबाट ८ जना मन्त्री र २ जना राज्यमन्त्री बन्ने भएका छन्।
राजेन्द्र महतोको नेतृत्वमा जसपाको महन्थ ठाकुर समुह सरकारमा सहभागी हुने भएसँगै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा व्यापक हेरफेर गरेका छन्। उनले आफुँसँग ७ वटा मन्त्रालय राखेर बाँकी मन्त्रालयहरुको कार्यविभाजन गरेका छन्।
यस्तो छ नयाँ मन्त्रिपरिषद
- प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।
- विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ
- राजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकास
- रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र
- कृष्णगोपाल श्रेष्ठ : मन्त्री, शिक्षा
- शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री
- बसन्तकुमार नेम्वाङ : मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
- लीलानाथ श्रेष्ठ : मन्त्री, कानून न्याय तथा संसदीय मामिला
- शरतसिंह भण्डारी : मन्त्री, ऊर्जा
- अनिल झा : मन्त्री, खानेपानी तथा सरसफाई
- विमल श्रीवास्तव : श्रम तथा रोजगार
- उमाशंकर अरगरिया : मन्त्री, वन तथा वातावरण
- लक्ष्मणलाल कर्ण : मन्त्री, भूमि व्यवस्था
- चन्दा चौधरी : मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
- एकवाल मियाँ : मन्त्री, युवा तथा खेलकुद
- चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा
- रेणुका गुरुङ : राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक