जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएसँगै मन्त्रिपरिषदमा व्यापक हेरफेर हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिपरिषदमा रहेका ४ जनाबाहेक सबै मन्त्रीलाई पदमुक्त गर्ने भएका छन्।
अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङबाहेकका सबै मन्त्रीलाई पदमुक्त हुने भएका छन्। प्रधानमन्त्री ओलीले अर्थमन्त्री पौडेललाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिँदैछन्।
यस्तै मन्त्रिपरिषद पुर्नगठन हुुने क्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली सरकारबाट बाहिरिने भएका छन्। अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि उपप्रधानमन्त्री बन्ने भएका छन्।
जसपाको आगमनसँगै नेकपा एमालेकै तीन जना मन्त्रीहरु पनि मन्त्रालयविहिन भएका छन्। सरकारमा सहभागी हुने जसपाले महिला बालबालिका मन्त्रालय, बन मन्त्रालय र भूमिव्यवस्था मन्त्रालय पनि लिने भएपछी ३ मन्त्रीले मन्त्रालय गुमाएका हुन्।
मन्त्रालयविहिन हुने मन्त्रीहरुमा महिला बालबालिकामन्त्री जुलीकुमारी महतो, वनमन्त्री प्रेम आले र भूमिव्यवस्थामन्त्री डा। शिवमाया तुम्बाहाम्फे रहेका छन्। जसपाले पाएको ८ मध्ये ५ मन्त्रालय हाल प्रधानमन्त्रीसँग छ।