राष्ट्रीय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले कोभिड भ्याक्सिन सहजताका लागि भ्याक्सिन भोलुन्टियर परिचालन गर्ने बताएका छन। संघको गण्डकी प्रदेश कमिटीद्वारा आज पोखरामा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा उन्ले उक्त कुरा बताएका हुन। उनले तीन महिनाभित्र हरेक जनतालाई खोप सेवा उप्लब्ध गराउने सरकारी प्रतिबद्दताको स्वागत गर्दै धन्यबाद समेत ब्यक्त गरे।
सरकारको उक्त खोप अभियानलाई सजह तथा प्रभाबकारी बनाउन टोल–टोल तहसम्म हज्जरौ स्व्यम्सेवक परिचालन गर्ने उन्ले बताए। नेपालमा कोभिड १९ को संक्रमण सगै यस्को नियन्त्रण,रोकथाम ,राहत तथा उद्दारमा देशब्यापी रुपमा आफ्नो संगठन र हजारौ नेता कार्यकर्ता परिचालित रहेको उनले दाबी गरेका छन्।
संघका गण्डकी प्रदेश कमिटी प्रमुख महेन्द्र गुरुङको अगुवाई र पहल कदमीमा संकलीत उक्त सामाग्रीहरु गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उप कुलपती डा. डुक बाहादुर छेत्रीलाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा ५० थान अक्सिजन सिलिण्डर, पिपिई, मास्क्, ग्लोभ्स आदी गरी रु १० लाख रकम बाराबरको सामाग्री हस्तान्तरण गरिएको आयोजकले बताएका छन।
